काठमाडौ, ७ चैत । काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको आज दिउँसो देहवासन भएको छ । अनौपचारिक रुपमा दिइएको जानकारी अनुसार १२ बजेर ११ मिनेट जाँदा उनको देहवासन भएको हो । यस सम्बन्धमा अझै औपचारिक जानकारी आएको छैन ।
देहवासनको सम्बन्धमा औपचारिक धारणा सार्वजनिक गर्नका लागि चिकित्सकहरुको बैठक बसिरहेको छ । त्यसैगरी काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक पनि बसिरहेको छ । उनी रातिदेखि अचेत अवस्थामा थिए । उनलाई मेसिनबाट अक्सिजन दिइएको थियो ।





