Dinesh FM 93.8 MHz Pvt. Ltd. Nepal

Home News आजको खबर नेपालीले नै लुटे नेपालीलाई

नेपालीले नै लुटे नेपालीलाई

E-mail Print PDF
महेन्द्रनगर, ७ चैत । भारतको जम्भुकाश्मिरबाट नोकरी गरि घर फर्किएरका एक नेपाली आफ्नै नेपालीबाट लुटिएका छन ।  लुधियानाबाट संगै बस चढेर आइरहेका कञ्चनपुरको बेल्डाडी गाविसका सुरेन्द्र खड्का लुटिएका हुन ।
उनको डेढ लाख भारतीय रुपैया सहित अन्य सामानहरु समेत लुटिएको छ ।
आफ्नो पनि घर दाङ भएको बताउँदै लुधियानाबाट बसमा चढेका निज व्यक्तिले आफूलाई खाने कुरामा औषधि हालेर दिएर लुटेको खड्काले बताए ।
आफ्नै नेपाली भनेर संगै आएको भन्दै बाटोमा जुस खाइसकेपछि आफू बेहोश भएको उनले बताए ।
उनको बनवासा पुगेपछि होश आएको हो । प्रहरीले खड्कालाई उद्वार गरेर अस्पताल ल्याएको थियो ।
पश्चिमी नाका गड्डाचौकी भएर दिनै पिच्चे नेपालीहरु लुटिने गरेका छन ।

 
 


Ads on: Special HTML

Statistics

Members : 1351
Content : 1740
Web Links : 6
Content View Hits : 70197