Dinesh FM 93.8 MHz Pvt. Ltd. Nepal

Home News आजको खबर द्वन्द पीडितहरुले दिएको निवेदनमाथि छानविन सकियो

द्वन्द पीडितहरुले दिएको निवेदनमाथि छानविन सकियो

E-mail Print PDF
महेन्द्रनगर, ७ चैत । शसस्त्र द्वन्दका समयमा पीडित भएका कञ्चनपुरका द्वन्द पीडितहरुले दिएको निवेदनमाथि जिल्ला स्थित शान्ति समितिले छानविन कार्य सकेको छ । द्वन्दका समयमा पीडित भएकाहरुले दिएको निवेदनमाथि समितिले छानविन कार्य सकेको हो ।
समितिले पीडितहरुले दिएको एकहजार ७८ वटा निवेदनमाथि छानविन कार्य सकेको हो । ती मध्ये सम्पूर्ण प्रमाण पुगेका निवदेनहरु २० वटा मात्रै रहेका छन ।
बाँकी रहेका निवेदनहरुमा केहि प्रमाणहरु नपुगेको बताईको छ ।
प्रमाण पुगेका निवेदनहरुका हकमा केहिदिनमा समितिको बैठक बसेर सिफारिस गर्ने छ भने बाँकी निवेदनको समेत सिफारिसका बारेमा छलफल गर्ने समितिका अध्यक्ष गोपाल गुरुङ्गले जानकारी दिनुभयो ।
पीडितहरुले दिएको निवेदनमा घाइते दुइसय ९६, अंगभंग भएका २७, अपहरण भएका ६, वेपत्ता ४६, मृतक दर्ुइसय १२, थुनामा एकसय ११, व्यक्तिगत सम्पत्ति दुइ सय ३५, विस्थापित एकसय ४५ रहेका छन ।
यसअघि समितिले प्रक्रिया नमिलाएका कारण पीडितहरुले दिएको निवेदनको संख्या एकहजार ६ सय सम्म भएको बताएको थियो ।
यस्तै समितिले आज नै नयाँ सुचना जारी गरी छुटपुटका लागी शसस्त्र द्वन्दका क्रममा टुहुरा भएका र कैद वा हिरासतमा परेका द्वन्द प्रभावित व्यक्ति वा परिवारहरुलाई चैत्र मसान्तसम्म जिल्ला प्रशासन कार्यालयमा आवेदन दिन समय थप गरेको छ । समितिले प्रमाण नपुगेका र म्याद नाघि आएका निवेदन माथि कुनै कारवाही नहुने बताएको छ ।
समितिले झण्डै एकमहिना बढी लगाएर पीडितहरुले दिएका निवदेनको छानविन सकेको हो ।


 
 


Ads on: Special HTML

Statistics

Members : 1351
Content : 1740
Web Links : 6
Content View Hits : 70211