Dinesh FM 93.8 MHz Pvt. Ltd. Nepal

Home News आजको खबर माओवादीले लडाकुलाई दुरुपयोग गरेः थापा

माओवादीले लडाकुलाई दुरुपयोग गरेः थापा

E-mail Print PDF
टीकापुर, ७ । नेपाल विद्यार्थी संघका पूर्व महामन्त्रि एबं युवा नेता गगनकुमार थापाले एकीकृत नेकपा माओवादीले सत्ताको अभिष्ट पुरा गर्न क्याण्टेानमेण्टमा राखिएका लडाकुको दुरुपयोग गरिरहेको आरोप लगाउनुभएको छ ।
थापाले हिजो टीकापुर बुहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनद्वारा नव आगन्तुक विद्यार्थीको स्वागत कार्यक्रममा उक्त आरोप लगाउनुभएको हो । नेपाल आमाले थप लास बोक्न नसक्ने भन्दै थापाले लडाकुलाई सत्ताको बार्गेनीङ गर्ने साधनको रुपमा प्रयोग गरेर लडाकु समायोजनमा बखेडा झिक्नु गलत भएको बताउनुभयो ।
    उहाले उत्तेजना र अहंकारले देश परिवर्तन हुदैन देश परिवर्तन चेतनाले
हुनुपर्छ भन्नुभयो । 'संबिधान सभामा सबै भन्दा ठूलो दल हुनुको मतलव मुठ्ठी ठूलो कस्नु पनि होईन, धेरै कुम पनि हल्लाउनु होइन र धेरै बोल्नु पनि होइन जनताले दिएको मत जिम्मेवार भएर देश चलाउन हो ।'-थापाको तर्क थियो । बिगतमा सबैभन्दा ठूलो दल काग्रेसले संबिधान सभा नभए मुलुकमा अस्थिरता  हुने डरले जित्ने वातावरण नहुदा नहुदै पनि निर्बाचन गरेको दावी गर्दै थापाले जेठ १४ भित्र संबिधान नबने देश कता जान्छ यस पटक ठूलो दल माओवादी  भएकले सोच्न आग्रह गर्नुभयो ।
 भूमिहिन या कुनै जातिलाई अधिकारका नाममा उत्तेजनामा ल्याएर समस्या समाधान  नहुने पनि थापाले बताउनुभयो । थापाले केशव बडालको आयोगले दिएको  प्रतिवेदनमा ४२ अर्व रुपैयाको जग्गा किनेर भूमिहिनको समस्या समाधान देखाएको  छ तर त्यो भन्दा बढी रकम जनयुद्दमा गोली गठ्ठामा खर्च भएको छ भन्नुभयो ।
यसै गरी थापाले आजै नेपाली काग्रेस नगर समिति टीकापुरको आयोजनामा   भएको सभामा नेपाली काग्रेस धनी पार्टी   भएकाले सदस्य बिस्तार गर्दा धनी बनाउनुपर्ने भएकाले हरेक नेपालीलाई धनी बनाउने योजना रहेको तर्क गर्दै  माओवादी आफुलाई गरिवको पार्टी भनेकाले उसको सगठन बिस्तार गर्न गरिव  चाहिने भएकाले धनी बनाउने योजना उसगं नरहेको पनि बताउनुभयो ।

 
 


Ads on: Special HTML

Statistics

Members : 1351
Content : 1740
Web Links : 6
Content View Hits : 70208