Dinesh FM 93.8 MHz Pvt. Ltd. Nepal

Home News आजको खबर थारु संघसंगठनले आव्हान गरेको तराइ बन्दका कारण तराईको जनजीवन प्रभावित

थारु संघसंगठनले आव्हान गरेको तराइ बन्दका कारण तराईको जनजीवन प्रभावित

E-mail Print PDF

धनगढी, १ चैत्र  । तराइलाई बहुप्रदेश बनाउनुपर्ने माग गर्दै थारु कल्याणकारिणी सभा लगायत बिभिन्न थारु संघसंगठनले आव्हान गरेको तराइ बन्दका कारण आज कैलाली कन्चनपुर लगायत तराईको जनजीवन प्रभावित भएको छ ।  एक मधेस एक प्रदेशप्रति असहमती जनाउँदै उनीहरुले आज लगायत तराइका २२ जिल्ला बन्दको आहृवान गरेका छन् ।

बन्दका कारण आज बिहानैदेखी  कैलाली  जिल्लामा  यातायात, वजार, उद्योग कलकारखाना सञ्चालन हुनसकेका छैनन् ।
    धनगढी बजारमा फाटफुट रिक्सा, साइकल, प्रेसका गाडी र एम्बुलेन्स मात्रै चलिरहेका छन् । राजमार्ग पनि सुनसान छ । यद्यपी परिक्षा संचालन भइरहेका कारण शिक्षण संस्था भने चल्न दिएको थारु कल्याणकारिणी सभाका लाहुराम चौधरीले बताउनुभयो ।

 


 
Last Updated ( Sunday, 14 March 2010 09:38 )  


Ads on: Special HTML

Statistics

Members : 1349
Content : 1736
Web Links : 6
Content View Hits : 69926