Dinesh FM 93.8 MHz Pvt. Ltd. Nepal

Home News आजको खबर माओवादी लडाकुको एकिन बिवरण अनमिनले सरकारलाई उपलब्ध गराउनु पर्नेःउपराष्ट्रपती झा

माओवादी लडाकुको एकिन बिवरण अनमिनले सरकारलाई उपलब्ध गराउनु पर्नेःउपराष्ट्रपती झा

E-mail Print PDF
धनगढी १ चैत । उपराष्ट्रपती परमान्द झाले सेना समायोजनको लागि गठन भएको बिशेष समितीले औपचारिक निर्णय गरेमा माओवादी लडाकुको एकिन बिवरण अनमिनले सरकारलाई उपलब्ध गराउनु पर्ने बताउनु भएको छ ।
 भारतको प्रशिद्ध धार्मिक स्थल हरिद्धारमा गंगा स्नान गरि र्फकेका उपराष्ट्रपति परमान्द झाले  आज धनगढीमा पत्रकार संग कुरा गर्दै प्रकृया र नियमसंगत ढंगले  बिवरण माग्नु  सरकारको गलत कार्य नभएको बताउनु भयो । उपवराष्ट्रपति झाले भन्नु भयो - 'कसैले ब्यक्तगत ढंगले लडाकुको बिवरण माग्न मिल्दैन । '
पत्रकारले  गरेको प्रश्नमा वहाले सवै नेपालीले एक स्वरमा  हिन्दु राष्ट्रको माग गरे नेपाल हिन्दु राष्ट बन्न सक्ने बताउनु भयो ।        
वहाले   अन्तरिम संबिधान मा जे कुरा भएपनि   मुलकलाई  धर्मसापेक्ष वा निरपेक्ष  के बनाउने कुरा अव बन्ने नया संबिधानले  मात्रै  र्निक्यौल गर्छ भन्नु भयो ।
समयमा नै संबिधान नबने्न भने  समय थपिन्छ की - भन्ने प्रश्नको जफावमा वहाले भन्नु भयो -' समय थपेर मात्रै केही हुदैन थपेकोसमयमा  संबिधान बन्ने निश्चितता भए मात्र यसको अर्थ हुन्छ ।' संबिधान निर्धारित समयमा  आउछ भन्ने कुरा न्युन र क्षण हुदै गएको झाले बताउनु भयो ।  

 
 


Ads on: Special HTML

Statistics

Members : 1349
Content : 1736
Web Links : 6
Content View Hits : 69933