महेन्द्रनग, १ चैत्र । महेन्द्रनगरका एक व्यक्तिले आफ्नो निजी लगानीमा पश्चिमी नाका गड्डाचौकीमा प्रवेशद्वारको निर्माण गरिरहेका छन ।महेन्द्रनगरका स्थानीय व्यापारी एवम् समाजसेवी दिवान आग्रीले आफ्नै व्यक्तिगत लगानीमा गड्डाचौकी क्षेत्रमा नेपाल-भारत प्रवेशका लागी प्रवेशद्वार बनाइरहेका छन ।
नेपालबाट बाहिरीने भित्रीनेहरुलाई स्वागतका लागी निर्माण गर्न लागिएको प्रवेशद्वार निर्माणका लागी झण्डै ६० लाखसम्म खर्च लाग्ने बताएका छन ।
२०६० पुषमा निर्माण कार्य शुरु गरेर लामो समय बन्द रहेको निर्माण कार्य पुनः शुरु गर्न लागेको बारेमा जानकारी दिन आग्रीले महेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा आफ्नो व्यक्तिगत लगानीमै गेट निर्माण गर्न लागेको बताउनुभयो ।
पचास प्रतिशत निर्माण कार्य भइसकेको गेटको निर्माण कार्य फेरी शुरु गरिएको उहाँले जानकारी दिनुभयो ।
नेपाल प्रवेश गर्दा कुनै चिनारी नभएकोले आफूले आफ्नो सम्पत्ति निर्माणमा लगाएको उहाँका भनाई छ ।
उनले निर्माण कार्य सकिएपछि सरकारलाई हस्तान्तरण गर्ने बताए । प्रवेशद्वारको उचाई ५६ फिटको हुनेछ ।





