Dinesh FM 93.8 MHz Pvt. Ltd. Nepal

Home News आजको खबर कञ्चनपुरमा एकैरातमा लाखौको लुटपाट, लुटेराहरुले प्रहार गरेको बन्चरोले ६ जना घाइते

कञ्चनपुरमा एकैरातमा लाखौको लुटपाट, लुटेराहरुले प्रहार गरेको बन्चरोले ६ जना घाइते

E-mail Print PDF
महेन्द्रनगर, २९ फागुन । कञ्चनपुरको भीमदत्तनगरपालिकाका दुइवटा वडामा गए राती लुटेराको समूहले ९ वटा घरमा लुटपाट गरेको छ ।घरेलु हतियारसहित झण्डै २५/३० जनाको संख्यामा आएको समूहले नगरपालिकाको २ नम्वर वडा उल्टाखामको सरस्वती टोलका ३ र १८ नम्वर वडाको निम्बुखेडास्थित शिवशंकर टोलका ६ वटा घरबाट नगद, गहना र जिन्सी सामानगरी करिब १५ लाख बराबरको धनमाल लुटेर लगेको छ ।
राती एकवजेको समयमा आएको समूले नगरपालिकाको २ नम्बर वडा उल्टाखामबाट मोती नेपालको घरबाट ५ तोला सुन, ७ हजार नगद, ३ सेट मोवाइल, कृष्णदत्त भट्टको घरबाट ५ तोला सुन, ५५ हजार नगद र कृष्णा केसीको घरबाट १ तोला सुन लुटेका छन ।
 यस्तै १८ नम्वर वडा निम्बुखेडाका चन्द्रंवहादुर चन्दको घरबाट १२ तोला सुन, २२ हजार नगद, देवदत्त भट्टको घरबाट १ तोला सुन, ५ हजार नगद, एकसेट मोबाइल, देवदत्त पन्तको घरबाट ४ तोला सुन, ५ हजार नगद, नन्दराज पन्तको घरबाट ८ हजार नगद, १ तोला सुन, मोवाइल, काशीराम उपाध्यायको घरबाट साढे ४ तोला सुन, ५ सय नगद र रामप्यारी चौधरीको घरबाट ८ सय नगद लुटेर लगेका हुन ।
घरेलु हतियार बन्चरो लगायतका सामानहरु सहित आएको समूले गरेको आक्रमणबाट ६ जना घाइते  भएका छन । बन्चरो प्रहारबाट टाउँको गम्भीर चोट लागेका वडा नम्वर २ उल्टाखामका मोती नेपाल र सुभ्रदा नेपालका महाकाली अञ्चल अस्पतालले थप उपचारका लागी भारत रिफर गरेको छ । भने अन्यको सामान्य उपचारपछि घर फर्किएका छन ।
लुटेराहरुले लुटपाटका क्रममा प्रतिकार गर्नेलाई बन्चरोले प्रहार गरेका थिए । बन्चरो प्रहारबाट रामप्यारी चौधरीको समेत टाउँकोमा चोट लागेको छ । लुटेराहरुको आक्रमणबाट राधिका जैशी, चन्द्रवहादुर चन्द, गगन चन्द र पार्वती पन्त समेत घाइते  भएका छन ।
लुटेराहरुले घरका ढोकाहरु तोडेर भित्र पसेका थिए । उनीहरुले घरमा भएका दराजहरु समेत फोडेर सामान लिएर गएका छन ।
घट्ना भएको एकघण्टापछि प्रहरीको टोलीले घटनास्थल पुगेको थियो । घटनाबारे जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरिक्षक पवनकुमार खरेलले घटना लगत्तै उनीहरुको खोजी कार्य भइरहेको बताउनुभयो । उहाँले एकै महिनामा ३ पटक लगातार जिल्लामा एकै प्रकृतिका घट्नाहरु भएको भन्दै अपराधिहरुको नजिक पुग्दै गर्दा अर्को घटना भएको भन्दै छिट्टै उनीहरुलाई पक्राउ गर्नका लागी अनुसन्धान तिब्र पारीएको बताउनुभयो ।
लुटेराहरुको समूले यसअघि यही महिनाको १ गते उल्टाखामको कनकट्टी र ४ गते रैकवारविचवा गाविसमा लुटपाट गरेको थियो ।






 
 


Ads on: Special HTML

Statistics

Members : 1349
Content : 1736
Web Links : 6
Content View Hits : 69903