अछाम, २९ फागुन । अछाम जिल्लाको मिल्लेक प्रहरी चौकीले मदिरा नियन्त्रणबाट संकलन भएको रकम स्थानीय क्याम्पसलाई हस्तान्तरण गरेको छ । प्रहरी चौकीले स्थानीय जनक शिक्षा क्याम्पस मिल्लेकलाई मदिरा नियन्त्रणबाट संकलन भएको रकम रु. २१ हजार हिजो हस्तान्तरण गरेको हाम्रा संवाददाता प्रकाश सिंहले जनाएका छन् ।
प्रहरीले रकम हस्तान्तरणका क्रममा आगामी दिनमा पनि यस्ता कार्यबाट संकलन भएको रकम क्याम्पसलाई हस्तान्तरण गरि शैक्षिक विकासमा सहयोग गर्ने जनाएको छ ।





