बाजुरा, २९ फागुन । शान्ती र नयाँ संविधान, राष्ट्रिय एकताका लागी तीनमहिने अभियान भन्ने मूल नाराका साथ बाजुरामा हस्ताक्ष संकलन कार्य शुरु भएको छ । नेकपा एमाले बाजुराको आयोजनामा शुरु भएको हस्ताक्षर संकलन कार्यको एक कार्यक्रमका बीच नेकपा एमाले बाजुराका जिल्ला सचिव बलदेव रेग्मीले हिजो शुभारम्भ गर्नु भएको छ ।
हिजो देखी शुरु भएको हस्ताक्षर संकलन कार्य तीन महिनासम्म चल्ने र तीन महिना पछि जिल्ला प्रशासन कार्यालय मार्फ सो हस्ताक्षर संविधान सभालाई पठाइने बताइएको छ ।





