Dinesh FM 93.8 MHz Pvt. Ltd. Nepal

Home News आजको खबर बहुदलीय प्रजातान्त्रिक समाजबादमा मात्र नागरिक स्वतन्त्रता, विधिको शासन र समानताको ग्यारेन्टि हुने

बहुदलीय प्रजातान्त्रिक समाजबादमा मात्र नागरिक स्वतन्त्रता, विधिको शासन र समानताको ग्यारेन्टि हुने

E-mail Print PDF
धनगढी, २९ फागुन । नेपाली काग्रेसका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्रि शेर बहादुर देउवाले बहुदलीय प्रजातान्त्रिक समाजबादमा मात्र नागरिक स्वतन्त्रता, विधिको शासन र समानताको ग्यारेन्टि हुने बताउनु भएको छ । नेपाल विद्यार्थी संघद्धारा हिजो धनगढीमा आयोजित सुदुरपश्चिमाञ्चल स्तरिय प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी समेत रहनु भएका देउवाले सो कुरा बताउनु भएको हो । उहाँले संसारमै स्वीकारीएको प्रजातान्त्रिक समाजवाद माओवादीले निमोठ्न खोजिरहेको उल्लेख गर्दै उसले चाहेको एक दलिय व्यवस्था नेपालको लागी घातक हुने बताउनुभयो ।
      त्यसैगरी उर्जामन्त्रि तथा केन्द्रिय सदस्य प्रकाश शरण महतले एकिकृत माओवादीले नेपाली जनताको समृद्धि, समानता र स्वतन्त्रतको सट्ट जातिय भावना उचालेर देशलाई सोमालियाको दिशामा लगी गृह युद्ध निम्त्याउन चाहेको बताउनुभयो । त्यसैगरि नेविसंघका राष्ट्रिय अध्यक्ष प्दिप पौडेलले नेपाली काग्रेसको सिद्धान्त भन्दा पनि सत्तालाई मुख्य मानेका कारण कमजोर भएको उल्लेख गर्दै काग्रेसको पुर्नजीवनका लागी गाउगाउसम्म पुग्नु पर्ने बताउनुभयो ।
      नेविसंघका केन्द्रिय सदस्य पुष्प शाहीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काग्रेस कैलालीका सभापती दिर्घराज भाट, उर्जा राज्य मन्त्रि चन्द्र सिंह भट्टराइ, पूर्वमन्त्रि रमेश लेखक, सभासद इश्वरी न्यौपाने, नेविसंघका केन्द्रिय उपाध्यक्ष कमल शाह, युवा नेता मिन बहादुर विश्वकर्मा लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

 
 


Ads on: Special HTML

Statistics

Members : 1351
Content : 1740
Web Links : 6
Content View Hits : 70209