Dinesh FM 93.8 MHz Pvt. Ltd. Nepal

Home News आजको खबर पाँच जना काठ तस्करलाई वन कार्यालयको गस्ती टोलीद्धारा पक्राउ

पाँच जना काठ तस्करलाई वन कार्यालयको गस्ती टोलीद्धारा पक्राउ

E-mail Print PDF
धनगढी, २८ फागुन । कैलालीको वसन्ता जैविक मार्ग क्षेत्रबाट अवैध रुपमा वन फडानी गरी डल्लपमा काठ तस्करी गरिरहेका पाँच जनालाई वन कार्यालयको गस्ती टोलीले पक्राउ गरेको छ । गएराती जिल्ला वन कार्यालयको गस्ती टोलीले दुइ ओटा गोरुगाडा सहित ५ जनालाई वसन्ता जैविक मार्गको मध्य भागबाट पक्राउ गरिएको जिल्ला वन अधिकृत बाबुराम भण्डारीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा बसौटी गाविस वडा नं. ७ का भैया राम चौधरी, लालुराम चौधरी, कर्ण  बहादुर, सन्तोष चौधरी र पहलमानपुर गाविसका ज्वाला सिंह रहेका छन् ।
     पक्राउ परेकाहरुलाई जिल्ला वन कार्यालयको हिरासतमा राखिएको र उनीहरुलाई वन ऐन अनुसार कारबाही गरिने जिल्ला वन अधिकृत बाबुराम भण्डारीले बताउनुभयो ।
      यसैबीच जिल्ला वन कार्यालयको टोलीले हिजो फूलवारी गाविसको स्याउले वनमा अतिक्रमण गरि बनाइएका ५०/६० वटा घर टहरामा आगो लगाएर हटाएको छ ।   

 
 


Ads on: Special HTML

Statistics

Members : 1349
Content : 1736
Web Links : 6
Content View Hits : 69901