नेपालगंज, २८ फागुन । जिपले ठक्कर दिदाँ बाँकको महादेउपुरीमा १ जना पैदल यात्री घाइते भएका छन् । नेपालगंज देखी काठमाण्डौ तर्फजादै गरेको बा ५ च ८३०७ नंम्बरको जिपले पुर्ब पश्चिम महेन्द्र राजमार्ग अर्न्तगत महादेउपुरीको ढकेरीमा ठक्कर दिदाँ १७ बषिर्य भरत खत्री घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
घाइते खत्रीको मेडिकल कलेज कोहलपुरमा उपचार भैरहेको छ । जिप र चालकलाई प्रहरी चौकि ढकेरीले नियन्त्रणमा लिएको छ ।





