धनगढी, २८ फागुन । सूचना तथा सञ्चार मन्त्री शंकर पोखरेलल वर्तमान सरकारले शान्ति प्रकृया र संबिधान निमार्ण गर्ने जिम्मेवारी पूरा गरेर छाड्ने दृढता व्यक्त गरेका छन् । उनले भने- सरकारको बिकल्प खोज्दा संबिधान बन्दैन् र शान्ति प्रकृया पनि टुंगोमा पुग्दैन ।
ऐतिहासिक हलचलका बेला शान्ति सुरक्षामा केही कमजोरी देखिने गरेको भन्दै उनले त्यसलाई स्वभाविक मान्नुपर्ने बताए । मुलक एकात्मक ढाँचाबाट संघियमा, राजतन्त्रबाट गणतन्त्रमा र द्धन्दबाट शान्ति प्रकृयाका जानु ऐतिहासिक हलचल हो, उनले भने- यसबेला सुरक्षा ब्यवस्था भएन भनेर कराउनु बेकार हो । जे जती भएको छ संन्तोष जनक नै मान्नु पर्छ । कृष्ण सेटौला, बामदेव गौतम सवै गृह मन्त्री भीम रावलको जस्तै आलोचनात्मक रहेको उनको कथन थियो ।
उनले सरकारले लडाकुको बिवरण लिएर छाडने बताए । लडाकु विवरण दिन नचाहनुले माओवादीको शान्ति प्रक्रियाप्रति प्रतिवद्धता नदेखिएको उनको आरोप थियो । प्रेस चौतारी द्धारा धनगढीमा आयोजित पत्रकार सम्मेलनमा पोखरेलले पुनःस्थापना र समायोजनका लागि विवरण अत्यावश्यक भएको बताए । उनले विवरण माग्ने र दिने बिषयमा अनमिनको भूमिका समेत ठीक नभएको उल्लेख गरे ।
उनले भने- अनमिनले लडाकुको बिवरण दिनु नै पर्छ । विवरण नदिए भरणपोषण रकम पनि रोक्न सक्ने सरकारका प्रवक्ता समेत रहेका पोखरेलले बताए । उनले वास्तबिक लडाकुले भरणपोषण रकम नपाई दुरपयोग भएको र भनेजतीको लडाकु शिबिरमा पनि नभएको दावी गरे । सूदुरपश्चिममाञ्चल हुलाक ब्यवस्थापन क्षेत्रीय गोष्टमा सहभागी हुन आएका मन्त्री पोखरेलले हुलकको सेवालाई कसरी सुधार्न सकिन्छ भन्ने उद्देश्यले काम भईरहेको बताए ।





