Dinesh FM 93.8 MHz Pvt. Ltd. Nepal

Home News आजको खबर सहकारी चिनी मिल स्थापना गर्न उखु किसानहरुको माग

सहकारी चिनी मिल स्थापना गर्न उखु किसानहरुको माग

E-mail Print PDF
महेन्द्रनगर, २८ फागुन । कञ्चनपुरका उखु उत्पादक किसानहरुले जिल्लामा सहकारी चिनी मिल स्थापनाका लागी सरकारसंग माग गरेका छन । उखु उत्पादक किसानहरुको संगठन नेपाल उखु उत्पादक किसान संघको हिजो त्रिभुवनवस्तीमा सम्पन्न भएको प्रथम जिल्ला सम्मेलनले यस्तो माग गरेको हो ।
अन्नवाली भन्दा निकै उत्तम वालीका रुपमा रहेको उखुवाली उत्पादन गरेपनि आवश्यक बजारको व्यवस्था नहुदा समस्या भोग्नु परिरहेको भन्दै सम्मेलनमा सहभागी भएका किसानहरुले सरकारसंग मिल स्थापनाका लागी माग राखेका हुन । सम्मेलनले मिल स्थापनाका लागी सम्भाव्यता अध्ययन गर्नका लागी प्राविधिक सहयोग उपलब्ध गर्राईदिन जिल्ला विकास समितिलाई अनुरोध समेत गरेको छ ।
यस्तै कैलालीमा रहेको वाशुलिङ सुगर मिलले लामो समयदेखी उखु किसानहरुको रकम उपलब्ध नगराएको भन्दै मिलका सञ्चालक अरुण चन्दलाई कारबाही गरि रकम उपलब्ध गराउन समेत सरकारसंग माग गरेको छ ।
सम्मेलनको नेकपा एमालेका केन्द्रीय अनुशासन आयोगका सदस्य विरबहादुर ठगुन्नाले उद्घाटन गर्नुभएको हो ।
उद्घाटन समारोहमा नेकपा एमालेका महाकाली अञ्चल समन्वय कमिटिका सचिव राजेन्द्र सिंह रावल, किसान नेता खेम सुबेदी, जिल्ला अध्यक्षर् इश्वरी प्रसाद खरेल लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधीहरु लगायतको सहभागिता रहेको थियो । उद्घाटन समारोहमा बोल्दै व्यक्ताहरुले कृषिमा  व्यवसायीकरण आवश्यक रहेको भन्दै अब बन्ने संविधानमा किसानका अधिकारको सुनिश्चित हुनुपर्ने धारणा राखेका छन ।
सम्मेलनले विश्वनाथ विष्टको अध्यक्षतामा १३ सदस्यीय नयाँ जिल्ला कार्यसमितिको समेत चयन गरेको छ । समितिको उपाध्यक्षमा दयाराम चौधरी, सचिव योगेश खड्का र कोषाध्यक्षमा विरवल विक रहेका छन ।

 
 


Ads on: Special HTML

Statistics

Members : 1349
Content : 1736
Web Links : 6
Content View Hits : 69894