Dinesh FM 93.8 MHz Pvt. Ltd. Nepal

Home News आजको खबर एकमहिनादेखी क्याम्पस प्रमुखको कार्यकक्षमा ताला

एकमहिनादेखी क्याम्पस प्रमुखको कार्यकक्षमा ताला

E-mail Print PDF
महेन्द्रनगर, २८ फागुन । कञ्चनपुरको भीमदत्तनगरमा रहेको सिद्वनाथ वहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीले विभिन्न माग राखी क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा लगाएको ताला नखोल्दा विभिन्न समस्याहरु भएको छ ।
एकमहिनादेखी तालाबन्दी यथावत रहँदा कार्यकक्ष भित्रै कतिपय क्याम्पसका प्रमाणपत्रहरु रहेको र अन्य कागजातहरु समेत भित्रै रहेकाले समस्या भएको सहायक क्याम्पस प्रमुख राजेन्द्र भट्ट बताउनुहुन्छ । यस्तै क्याम्पसको अवस्थाका बारेमा जानकारी लिन कुनै टोली आएपनि बसाल्नका लागी समस्या भइरहेको छ ।
लगातार एकमहिनासम्म पनि तालाबन्दी भइरहँदा समस्या समाधानका लागी कुनै पहल भएको छैन । सहायक प्रमुख भट्टले अखिल क्रान्तिकारीले राखेका माग समाधानका लागी सञ्चालक समितिले नै निर्णय गर्नुपर्ने भएकाले क्याम्पस प्रशासनले केहि गर्न नसक्ने बताउनुभयो ।
अखिल क्रान्तिकारीले शैक्षिक पुर्नसंरचना, क्याम्पसमा भइरहेको भ्रष्टाचार नियन्त्रण, स्ववीयु निर्वाचन, पुस्तकालयमा पुस्तकको प्रयाप्त व्यवस्था हुनुपर्ने लगायतका मागहरु राखेर फागुन ५ गते तालाबन्दी गरेको हो ।
सञ्चालक समितिले निर्णय गर्न नसक्दा समस्या भएको विद्यार्थीहरुको आरोप छ । सञ्चालक समितिले भने केहि मागहरु कार्यान्वयन गर्न नसकिने बताएको छ ।

 
 


Ads on: Special HTML

Statistics

Members : 1351
Content : 1740
Web Links : 6
Content View Hits : 70215