Dinesh FM 93.8 MHz Pvt. Ltd. Nepal

Home News आजको खबर महिला अधिकारका लागि पैदल यात्रा शुरु

महिला अधिकारका लागि पैदल यात्रा शुरु

E-mail Print PDF
महेन्द्रनगर, २५ फागुन । नयाँ बन्ने संविधानमा भूमिमा महिलाको अधिकार सुनिश्चित गरिनुपर्ने माग राखी राष्ट्रिय भुमि अधिकार मञ्च नेपालले हिजो देखी पैदल यात्रा शुरु गरेको छ ।  आधा पुरुष आधा नारी, जमिनमा हक बराबरी भन्ने नाराका साथ एकसय औं नारी दिवसका अवसरमा सुदूर र मध्यपश्चिमका भूमिहिन महिलाहरुले यात्रा शुरु गरेका हुन ।
मञ्चले सुदुरपश्चिमको महेन्द्रनगर, मध्यपश्चिमको दाङ्ग र बाँकेको कोहलपुरबाट एकैसाथ हिजो यात्राको शुरुताव गरेको जनाएको छ ।
सुदूरपश्चिमको कैलाली, कन्चनपुर, डडेल्धुरा र बैतडीबाट सहभागी भएका महिलाहरुले महेन्द्रनगरमा कार्यक्रमको आयोजना गरी यात्रा शुरु गरेका हुन । एकसय २५ जनाको सहभागितामा यात्रा शुरु गरिएको जानकारी दिदै बैतडी जिल्लाबाट संयोजन गरेर आउनुभएकी सरसस्वती नेपालीले एघार दिनपछि सबै जिल्लाबाट सहभागी भएकाहरु कैलालीको टीकापुरमा जम्मा हुने कार्यक्रम रहेको बताउनुभयो ।
उहाँले टीकापुरमा चैत्र ५ गते गएर यात्राको समापन हुने जानकारी दिनुभयो । संविधानसभाकी उपाध्यक्ष पूर्णाकुमारी सुवेदीको उपस्थितीमा यात्राको समापन गरिने भन्दै उहाँले यात्राको उद्येश्य समयमै संविधान निर्माण गर्नु समेत रहेको बताउनुभयो  ।
यात्रामा १२ जिल्लाले सहभागिता जनाउने कार्यक्रम रहेको छ । यात्रामा हिडेका महिलाहरुले ठाँउ ठाँउमा भुमिमा महिला अधिकारका बारेमा जनचेतना जगाउनका लागि सभा तथा अन्य कार्यक्रम गर्ने छन । १ लाख भन्दा बढी महिलाहरु म्ााझ भुमिमा महिला अधिकारको सन्देश पुर्‍याउने र महिलाको नाममा जग्गा दर्ता गर्दा लाग्ने दस्तुर २५ प्रतिशतबाट ५० प्रतिशत छुट गराउने माग रहेको मञ्चले जनाएको छ ।    
 

 
 


Ads on: Special HTML

Statistics

Members : 1349
Content : 1736
Web Links : 6
Content View Hits : 69925