Dinesh FM 93.8 MHz Pvt. Ltd. Nepal

Home News आजको खबर हिमपातले सुदूरपश्चिमका पहाडी जिल्लाको जनजीवन प्रभावित

हिमपातले सुदूरपश्चिमका पहाडी जिल्लाको जनजीवन प्रभावित

E-mail Print PDF
धनगढी, २६  माघ  । हिजो रातीदेखी सुदूरपश्चिमका उच्च पहाडी भेगहरुमा व्यापक हिमपात भएको छ । हिमपातका कारण त्यस क्षेत्रको जनजीवन प्रभावित भएको छ । पहाडी जिल्ला बझाङ्ग, डडेल्धुरा, बैतडी, दार्चुला, बाजुराको उच्च भेगमा भएको हिमपातका कारण त्यस क्षेत्रका सरकारी तथा गैरसरकारी कार्यालय, बजार, यातायात सेवा पूर्ण  रुपमा बन्द भएका छन भने टेलिफोन र विद्युत सेवा समेत अवरुद्ध भएको छ ।
बझाङको खोड्पे सडकखण्डमा यातायात पूर्ण  रुपमा बन्द भएपछि श्रीभावर, बिठ्त्ड र देउलेक लगायतका ठाउमा दर्जनौं सवारी साधन तथा यात्रुहरु अलपत्र परेका छन् ।  
बझाङको सदरमुकाम चैनपुरमा १२ बर्ष  पछि हिमपात भएको बताइएको छ । सदरमुकाममा दुइ फिट सम्म हिउ जमेको छ ।
पाकिस्तान र अफगानिस्तानबाट आएको पश्चिम वायुका कारण नेपालको सुदूरपश्चिमी पहाडी जिल्लामा हिमपात भएको हो ।


 
 


Ads on: Special HTML

Statistics

Members : 676
Content : 585
Web Links : 6
Content View Hits : 25747