Dinesh FM 93.8 MHz Pvt. Ltd. Nepal

Home News आजको खबर भाई द्धारा आफ्नै दाइको हत्या

भाई द्धारा आफ्नै दाइको हत्या

E-mail Print PDF
धनगढी, २६ माघ । कंचनपुरको रैकवार विचवा गाविस - ८, चपरत्तला गाउँमा हिजो साझ एक जनाले आफ्नै दाईको हत्या गरेका छन् । ३५ वषिर्य सिङता राम चौधरीलाई हिजो साझ करिव साढे सात बजे उनकै काकाका छोरा सिताराम चौधरीले टाउकोमा खुकुरी र बन्चरो प्रहार गरि हत्या गरेका हुन् ।
     लोडसेडिङका बेला साझ करिव साढे सात बजे घरमै प्रवेश गरी खुकुरी र बन्चरो प्रहार गरि उनको विप्भत्स तरिकाले हत्या गरिएको छ । मृतककी श्रीमती जीतरानी चौधरी गम्भिर घाइते भएकी छिन् । उनको पनि टाउको, छाती र पिठ्युमा गम्भिर चोट लागेको छ । उनको सेती अंचल अस्पताल अस्पतालमा उपचार भइरहेको छ ।
     अस्पतालले रेफर गरेपनि खर्च अभावमा अन्यत्र लैजान नसकिएको उनका ज्वाई सुरेन्द्र चौधरीले बताए । राती प्रहरी टोली घटनास्थलमा पुगेपनि अभियुक्तलाई पक्राउ गर्न  सकेको छैन । जग्गा सम्बन्धि घरायसी विवादका कारण उनको हत्या गरिएको बताइएको छ ।  

 
 


Ads on: Special HTML

Statistics

Members : 670
Content : 582
Web Links : 6
Content View Hits : 25555