Dinesh FM 93.8 MHz Pvt. Ltd. Nepal

Home News आजको खबर आज तेस्रो दिन पनि मुलुक भरका बिद्यालयको पठन पाठन ठप्प

आज तेस्रो दिन पनि मुलुक भरका बिद्यालयको पठन पाठन ठप्प

E-mail Print PDF
धनगढी, २६ माघ । नेपाल राहत शिक्षक केन्द्रिय संर्घष समितिले आव्हान गरेको तीन दिने शैक्षिक हड्तालको आज तेस्रो दिन पनि मुलुक भरका बिद्यालयको पठन पाठन प्रभाबित भएको छ । शैक्षिक संघसंस्था बन्दका कारण आज पनि  धनगढीका कुनै पनि बिद्यालय, क्याम्पसको पठन पाठन हुन सकेन ।
देशभरका सम्पूर्ण  राहत दरबन्दीलाई साधारण दरबन्दी परिणत गरी स्थायी गर्नुपर्ने, राहत दरबन्दीमा कार्यरत सम्पूर्ण  शिक्षकहरुले उमेरको हदबन्दी नलाग्ने गरी सेवा अबधिसमेत गणना गरी आन्तरीक प्रतिस्पर्धाको आधारमा स्थायी गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राहत शिक्षक केन्द्रिय संर्घष समितिले अस्ती देखी तीन दिने शैक्षिक हड्तालको घोषणाको गरेको छ ।
बिभिन्न माग राखेर पटक-पटक आन्दोलन गर्दा समेत सरकारले कुनै चासो नदेखाएका कारण शैक्षिक संस्था बन्द गरेर हड्तालमा उत्रीनुपरेको संर्घष समितिका केन्द्रिय उपाध्यक्ष गोकुल उपाध्यायले बताउँनुभयो ।

 
 


Ads on: Special HTML

Statistics

Members : 670
Content : 582
Web Links : 6
Content View Hits : 25545