धनगढी,२२ माघ । अनेरास्वबियुले आज धनगढीमा गर्न लागेको दबाब सभालाई अनेरास्वबीयुका केन्द्रिय अध्यक्ष राम कुमारी झाक्रि र केन्द्रिय सचिब किशोर ब्रि्रम मल्लले सम्बोधन गर्नुहुने भएको छ ।
दिउसो ठिक १२ बजे धनगढीको क्याम्पस र ट्राफिक चोकबाट एकै साथ शुरु हुने बिशाल र्याली जिबीस प्राङ्गणमा पुगेर दबाब सभामा परिणत हुने आयोजकले बताएको छ ।
मुलुकमा सहमति, एकता र सहकार्यको राजनितीक यात्रामा धमीरा लगाउने प्रबृतिलाई खबरदारी गर्न र निर्धारीत समयमा संबिधान निर्माण गर्नका लागि दबाब दिन गरीएको दबाब सभामा सबैलाई उपस्थितीका लागि आयोजकले आमन्त्रण समेत गरेको छ ।





