Dinesh FM 93.8 MHz Pvt. Ltd. Nepal

Home News आजको खबर औलोका बारेमा जानकारी दिन विद्यालयमा आधारित कार्यक्रम लागु

औलोका बारेमा जानकारी दिन विद्यालयमा आधारित कार्यक्रम लागु

E-mail Print PDF
महेन्द्रनगर, २२ माघ । औलो रोगबाट बच्ने मुख्य सन्देशहरुको बारेमा सचेतना जगाउने उद्येश्यले ब्याकवार्ड सोसाइटी एजुकेशन -बेस) कन्चनपुरको आयोजना तथा पिएसआई नामक संस्थाको आर्थिक सहयोगमा विद्यालयमा आधारित व्यवहार परिवर्तन तथा सञ्चार कार्यक्रम शुरु भएको छ ।
हिजो एक कार्यक्रमको आयोजना गरी बेश कन्चनपुरले यस्तो जानकारी गराएको हो । नेपाल सरकारले देशका १३ वटा औलो प्रभावित जिल्लाहरुमा यसवर्षवितरण गर्ने सुपानेट नामक झुल वितरण हुने जिल्ला अर्न्तगत बाँके, बर्दिया, कैलाली र कन्चनपुर जिल्लाका औलो प्रभावित गाविसहरुमा रहेका निमावि र मावि गरी ६० वटा विद्यालयहरुमा यो कार्यक्रम लागु हुनेछ ।
औलो रोगबाट बच्ने उपाय र झुल प्रयोग गर्नेबारे विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई जानकारी गर्राईनेछ । यो कार्यक्रम लागु भएको खण्डमा विद्यार्थीहरुले औलो रोग, यसका लक्षण, र्सर्ने तरिका लगायतका बारेमा बुझ्ने र आ-आफ्नो परिवार र समुदायलाई सचेत गराउने छन भन्ने उद्येश्यले कार्यक्रम शुरु गरिएको हो ।
कन्चनपुर जिल्लामा यसवर्षझुल वितरण गरिन लागिएका सुडा, बाईसेविचवा, परासन, त्रिभुवनवस्ति, कालिका र लक्ष्मीपुरका ३८ वटा विद्यालयहरुम्ा कार्यक्रम शुरु गरिने बेश कन्चनपुरले जनाएको छ । पिएसआई नामक संस्थासंग समन्वय गरेर राष्ट्रिय मानव कल्याण परिषदले प्रत्येक गाविसहरुमा व्यक्तिहरुको लगत लिएर झुल वितरण गर्ने गर्दछ ।
 परिषदका कन्चनपुर संयोजक क्षेत्रराज ओझाले अहिले सुडा गाविसमा लगत लिने काम सकिएको बताउनुभयो । सुडा गाविसमा १३ हजार १ सय ४१ थ्ान सुपानेट झुल वितरण हुनेछ । यस्तै वाईसेविचवा र कालीका गाविसमा समेत गाविसस्तरीय संयन्त्र गठन गरेर आज देखी नै लगत लिने काम शुरु हुने उहाँले बताउनुभयो ।

 
 


Ads on: Special HTML

Statistics

Members : 670
Content : 582
Web Links : 6
Content View Hits : 25551